टानका निवर्तमान अध्यक्ष सुवेदीद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 09:09:45 AM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पर्यटन व्यवसायी सुवेदीले पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको जनाएका छन् । 

वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको प्यानलबाट उनले उम्मेदवारी दिन लागेका हुन् । 

सुवेदी २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय छन् । टानको सफलतापूर्वक नेतृत्व गरिसकेका उनी लायन्स क्लब अफ नेपाल प्याराडाइजको अध्यक्ष समेत छन् । 

सुवेदी सरकारको प्रबल जनसेवाश्री पदकमार्फत विभूषित पनि भइसकेका व्यवसायी हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved