वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 09:35:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शनिवार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उमेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । 

पोखरा उद्योग बाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट समर्थन गर्ने निर्णय गरेको हो । प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरिएको हो । 

यस निर्णय गरेकोमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले महासंघ गण्डकी प्रदेशलाई धन्यवाद दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved