ज्योत्सनाले टिम छोडेपछि अन्जनले ल्याए ‘हेभिवेट’ उम्मेदवार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 10:21:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सुरुमा साहिल अग्रवाल र त्यसपछि ज्योत्सना श्रेष्ठले टिम छोडेपछि नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले एसोसियट उपाध्यक्षमा अर्का दह्रो मान्छेलाई ल्याएका छन् ।

साहिल अग्रवालले उम्मेदवार नबन्ने भन्दै पन्छिएपछि अन्जनले ज्योत्सना श्रेष्ठलाई एसोसियट उम्मेदवारका रुपमा सार्वजनिक नै गरेका थिए । तर, आइतबार मात्रै ज्योत्सना वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी रामचन्द्र सांघाईको टिमबाट सार्वजनिक भइन् । 

यसपछि अन्जन श्रेष्ठले उद्योगी प्रवलजंग पाण्डेलाई आफ्नो टिमबाट एसोसियट उम्मेदवारका रुपमा खडा गरेका छन् । अन्जन श्रेष्ठको प्यानललाई नै जिताउने भन्दै सहयोगीका रुपमा खटिरहेका पाण्डे अन्ततः आफैँ उम्मेदवार बन्ने पक्का भएको छ । पाण्डे आफैँले अन्जनको टिमबाट एसोसियट उम्मेदवार भएनन् भन्ने नहोस् भन्नका लागि एसोसियट उम्मेदवार बन्छु भनेर टिममा प्रस्ताव गरे । उनको प्रस्तावमा अन्जन र उनको टिम सहमत नहुने कुरै थिएन ।

अर्को रोचक कुरा के छ भने, उमेशलाल श्रेष्ठको समूहबाट एसोसियट उम्मेदवार बन्न लागेका भरत आचार्य र प्रवलजंग पाण्डेबीच दोस्ती पनि छ । अब पाण्डे नै प्रतिस्पर्धी भएर आएपछि आचार्य र ज्योत्सना श्रेष्ठलाई अफ्ट्यारो पर्न सक्ने आँकलन गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved