महासंघको निर्वाचनको लागि अम्बिका पौडेलको उम्मेदवारी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 05:11:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि अम्बिका प्रसाद पौडेलले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले एसोसियट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले उमेशलाल श्रेष्ठको समुहबाट उम्मेदवारी दिएका हुन् । पौडेलले यस अघि पनि केन्द्रीय सदस्यमा चुनाव जितेका थिए । यस अघि उनले हालका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समुहबाट चुनाव जितेका थिए । त्यस समय पौडेलले सबैभन्दा बढी मत पाएका थिए ।

पौडेल महासंघको केन्द्रीय सदस्य निर्वाचित भएपछि महासंघमा पहिलो पटक पुँजीबजार फोरम गठन भएको थियो। अम्बिका पौडेल हाल  पुँजीबजार फोरमका सभापति छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved