‘मधेश प्रदेशबाट उमेशलाललाई १३ जिल्ला नगरको भोट आउँछ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 09:40:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा मधेश प्रदेशबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठलाई १३ मत आउने दाबी गरिएको छ । महासंघको मधेश प्रदेश समितिका निवर्तमान अध्यक्ष गणेश लाठले मधेस प्रदेशका १५ जिल्ला नगर मतदातामध्ये १३ जिल्ला नगरको मत उमेशलाल श्रेष्ठ र दिनेश श्रेष्ठले पाउने ठोकुवा नै गरेका हुन् ।

सोमबार उमेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा कार्यक्रममा लाठले उमेशलाल श्रेष्ठले मधेश प्रदेशका १५ जिल्ला नगरमध्ये १३ जिल्ला नगरको मत पाउने भन्दै प्रतिस्पर्धीहरु ‘सोत्तर’ हुने घोषणा नै गरिदिएका हुन् । 

त्यसो त, सबै प्रदेश अध्यक्षहरुले उमेशलाल श्रेष्ठको विकल्प कोही पनि नभएको भन्दै जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved