महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 04:44:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

दोस्रो चरणमा मतदान सुरु हुन अगाडी उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठसहित पूर्व अध्यक्ष र निवर्तमान अध्यक्षहरुले सहमतिको प्रयास गरेका थिए । सोही क्रममा उमेशलालले अन्जनका लागि सहमति जनाएका हुन् ।

पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले ५० प्रतिशत मतभार ल्याउन नसकेपछि मतदान कार्यक्रम दोस्रो चरणमा धकेलिएको थियो ।

पहिलो चरणमा अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.७१ प्रतिशत र रामचन्द्र सांघईले ३०.४६ प्रतिशत मतभार पाएका थिए । मतभारमा तेस्रो भएका सांघाई पहिलो चरणबाटै बाहिरिएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved