यी हुन् महासंघका नव–नियुक्त अध्यक्ष चन्द्र ढकालका प्राथमिकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 06:04:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउँदै अर्थतन्त्र चलायमान बनाउने विषय आफ्नो प्राथमिकतामा पर्ने बताएका छन् ।

आजबाट महासंघको अध्यक्ष बनेका ढकालले उद्योगी व्यवसायीहरुको मनोबल बढाउँदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बढाउने, सार्वजनिक–निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी–विदेशी लगानी प्रर्वद्धन सँगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई आफूले मुख्य प्राथमिकतामा राखेको बताएका छन् । 

वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने अध्यक्ष ढकालको लक्ष्य पनि पूरा हुनै लागेको छ ।

महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य पनि अध्यक्ष ढकालको छ ।

अध्यक्ष ढकालले उद्यम व्यवसाय तथा लगानी गर्दा तीन वटा सिद्धान्तलाई सधै प्राथमिकतामा राख्ने गरेका छन् । पहिलो, आम जनतालाई सिँधै फाइदा वा सेवा पु¥याउने, दोस्रो सरकारको प्राथमिकताको क्षेत्र र तेस्रो व्यावसायिक सम्भावनाको क्षेत्र । 

उनले आफ्ना सहकर्मी तथा उद्यम व्यवसाय गर्न चाहने नयाँ पुस्तालाई पनि यहीँ सिद्धान्त अपनाउन सुझाव दिने गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved