चन्द्र ढकालले डी.बी. बस्नेतलाई महासंघको केन्द्रीय सदस्यमा मनोनित गरे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 02:21:00 PM मा प्रकाशित

laxmi  sunrise bank

डी.बी. बस्नेत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । निवर्तमान केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहेका बस्नेतलाई आइतबार महासंघका अध्यक्ष चन्द्र ढकालले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

महासंघको ५४औँ साधारणसभा तथा निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका बस्नेत चैत २९ गते सम्पन्न ५७औँ साधारणसभा तथा निर्वाचनमा भने उम्मेदवार बनेका थिएनन् । उनलाई अध्यक्ष ढकालले मनोनित गरेर महासंघको केन्द्रीय सदस्य बनाएका हुन् ।

अध्यक्ष ढकालले अझै ४ जना मनोनित गर्न बाँकी छ ।

बस्नेत नेफ्स्कूनका पूर्व अध्यक्ष पनि हुन् । 

रामेछापका स्थायी बासिन्दा बस्नेत लामो समय व्यापार व्यवसायको क्रममा दोलखा पनि बसेका थिए । उनी दोलखा उद्योग वाणिज्य संघका पनि पूर्व अध्यक्ष हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved