महासंघका पदाधिकारीलाई बधाई दिँदै अर्थमन्त्रीले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुग्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 03:34:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् । 

उद्योगी व्यवसायीहरुले असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महशुस गरेको भएपनि दुर्घटना नै हुने अवस्थामा पुगिनसकेको भन्दै अर्थमन्त्री डा.महतले भएका अप्ठ्यारा र व्यवधान सरकार र निजी क्षेत्र मिलेर हटाउनुपर्ने बताएका छन् । 

‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ (चन्द्र ढकाल ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन्), देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं’ अर्थमन्त्री डा. महतले भने, ‘यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो, सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।’ 

उनले सरकारले जसरी काम गर्नुपर्ने हो, त्यसरी गर्न नसकेको स्वीकार पनि गरेका छन् । 

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषयबीचको तदम्य नमिल्दा समस्या सिर्जना भएको अर्थमन्त्रीको भनाइ छ । 

‘बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपर्थ्यो । तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो’ अर्थमन्त्री डा. महतले थपे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved