गर्भनर भेट्न पुग्यो महासंघको नयाँ टिम, ब्याजदर घटाउने ‘टुल्स’ प्रयोग गर्न चन्द्र ढकालको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 06:07:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेको छ । 

अध्यक्ष ढकालले भेटका क्रममा नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् । बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको अध्यक्ष ढकालको भनाई छ । राष्ट्र बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा उनको जोड छ ।

निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको सावाँ ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्ने अध्यक्ष ढकालले माग गरेका छन् । बैंकहरुको खराब कर्जा बढ्न नदिन पनि यो सुविधा दिइनुपर्नेमा ढकालको माग छ ।

उद्योगीहरुको भेटमा गभर्नर अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीतिमार्फत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी गराएका छन् । 

भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved