निजी क्षेत्रलाई अख्तियार लाग्ने प्रावधान ल्याउन खोजिएको प्रति अध्यक्ष ढकालको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 06:16:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र भित्र निजी क्षेत्र पर्न नहुने बताएका छन् । विहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुने बताएका हुन् ।

अध्यक्ष ढकालले राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संसोधन विधेयकमा भएको बैंक वित्तिय संस्था, पब्लिक कम्पनी, अस्पताल आदिलाई अख्तियारको दायरामा ल्याउने व्यवस्था हटाउन माग गरेका हुन् ।

पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको धारा २३९ अनुसार अख्तियारी प्राप्त व्यक्ति मात्रै अख्यिारको दायरामा आउने हुँदा निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नसक्ने बताएका हुन् । यो व्यवस्था संसोधन नभए निजी क्षेत्र निरुत्साहित हुने र लगानीको वातावरण विग्रिने उनको भनाई छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद वढुले पनि निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने बताएका छन् । 

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पनि निजी क्षेत्र अख्तियारको दायरामा नपर्ने हुँदा संसोधन आवश्यक रहेको धारणा राखेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved