‘आर्थिक समस्या समाधानका लागि राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक देखिएको छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 04:56:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान गर्न सरकार र राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गर्न तयार देखिएको बताएका छन् । 

नुवाकोट उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक देखिएको बताएका हुन् ।

“हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर आर्थिक समस्या समाधानका उपाय बारेमा छलफल गरिसकेका छौं, आज मात्रै पनि प्रधानमन्त्रीसँग यस बारेमा थप छलफल गर्ने कार्यक्रम तय भएको छ’ उनले भने, ‘हामीले नेपाल सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं । अर्थमन्त्री र गभर्नरले समाधान गर्ने आश्वासन पनि दिनुभएको छ । यसको समाधानको उपाय छिट्टै आउने विश्वास हामीलाई छ ।” 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved