उद्योग सङ्गठन मोरङमा बढ्यो चुनावी सरगर्मी, राठीको साथले सुरानालाई सजिलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2023 | 02:01:29 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगीहरुको एक मात्र संस्था 'उद्योग सङ्गठन मोरङ'मा आगामी नेतृत्वका लागि वैशाख अन्तिममा चुनाव हुने भएको छ। भावी नेतृत्वमा सहमति नजुटेपछि अध्यक्ष तथा अन्य पदका लागि निर्वाचन हुने भएको हो। 

आगामी नेतृत्व लिनलाई अध्यक्षका लागि उद्योगी राकेश सुराना, नन्दकिशोर राठी र प्रदिप मुरारका अगाडि बढेका छन्। यद्यपि विराटनगरका उद्योगी सुरानालाई समर्थन गर्दै नन्दकिशोर राठीले अध्यक्षको उम्मेदवारीबाट पछि हटेर वरिष्ठ उपाध्यक्षमा लड्ने भएका छन्। 

सुरानालाई समर्थन गर्नेगरी अध्यक्षको प्रत्यासीबाट राठी हटेपछि अध्यक्षका प्रत्यासी सुरानालाई सजिलो भएको छ भने प्रदिप मुरारकासामु चुनौती बढेको छ। प्राप्त जानकारीअनुसार अर्को कार्यकालमा अध्यक्षमा राठीलाई सघाउन सुरानाले सहमति जनाएपछि राठीले वरिष्ठ उपाध्यक्षमा चित्त बुझाएका हुन्। 

पछिल्लो बदलिदो परिस्थितिमा प्रभावशाली व्यक्तिको नेतृत्व हुनुपर्ने भन्दै यस सङ्गठनमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेकाले सुरानालाई नै आगामी नेतृत्वका लागि अघि बढाउने निर्णय लिएको हो। यस निर्णयले दुई वर्ष अघि वरिष्ठ उपाध्यक्षको निर्वाचनमा एक मतले प्रदिप मुरारकासँग पराजय भोगेका मरासिनीलाई सजिलो बनाएको छ। 

अध्यक्षका बलिया प्रत्यासी सुराना उद्योग सङ्गठन मोरङको कार्यसमितिमा २०६१ सालदेखि छन् भने यो संस्थाको सदस्यका रुपमा सुराना २०५४ सालमा जोडिएका थिए। सुरानालाई उद्योगीको हकहितमा बोल्ने प्रभावशाली उद्योगीको रुपमा चिनिन्छ। 

सङ्गठनमा दुई दशकदेखि सक्रिय रहेका सुरानासँग उद्योग सङ्गठन मोरङका ६ वटा अध्यक्षसँग विभिन्न समितिमा बसेर काम गरेको अनुभव छ। ५० को दशकमा महेन्द्र गोल्छाले सङ्गठनमा प्रवेश गराएको सुराना बताउँछन्। 

त्यस्तै सुरानासँग नेपाल उद्योग बाणिज्य महासङ्घ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतका निकायका विभिन्न समितिमा बसेर काम गरेको अनुभव छ भने उनले भारतीय रेल्वे बोर्डमा बोर्ड सदस्यका रुपमासमेत  काम गरेका छन्।

यस पटक उद्योगीहरुले धेरै समस्या भोगिरहेकाले समस्याको समाधानको लागि अधिकारको लडाईंको नाममा सरकारसँग लडेर नभइ मिलेर  जाने उद्देश्यले आफूले अध्यक्षको लागि उम्मेद्वारी दिएको सुरानाको भनाइ छ। 

'उद्योग सङ्गठन मोरङ' २००७ सालमा स्थापना भएको मोरङ व्यापार सङ्घले उद्योगीको मुद्दा सम्बोधन गर्न नसकेको निष्कर्षसहित जुद्धबहादुर श्रेष्ठले २०३० सालमा आफू संस्थापक अध्यक्ष हुँदै स्थापना गरेको उद्योगीहरुको एक मात्र सङ्गठन हो। यस सङ्गठनमा अहिले २३५ मतदाता रहेका छन्। भने १७ जना कार्यसमिति सदस्य रहने उद्योग सङ्गठन मोरङको अध्यक्षको कार्यकाल दुई वर्षको हुनेगर्दछ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved