उद्योग वाणिज्य महासंघको शिक्षा सीप बिकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 04:28:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले गोपाल खनाललाई  शिक्षा सीप बिकास तथा रोजगार समितिको सभापति चयन गरेको छ। महासंघका अध्यक्ष चन्द्र ढकालले एक समारोहकाबीच खनाललाई शिक्षा सीप बिकास तथा रोजगार समितिको सभापतिको प्रमाणपत्र प्रदान गरेका हुन्। 

महासंघको २०८० बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरेअनुसार खनाललाई महासंघका अध्यक्ष चन्द्र ढकालले शिक्षा सीप बिकास तथा रोजगार समितिको सभापतिमा मनोनयन गरेका हुन्। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संचालक समेत रहेका खनाल हालै सम्पन्न निर्वाचनमा एसोसियट तर्फबाट तेस्रो पटक केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन्।खनालले यस अघि नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिको सभापति भई कार्य सम्पादन गरिसकेका छन्। खनालको शिक्षा तथा हाइड्रोपावरमा समेत लगानी छ । उनी हाल मेगा कलेजका अध्यक्ष पनि हुन् ।

शिक्षा सीप बिकास तथा रोजगार समितिको सभापतिमा मनोनयन भएका खनालले आफुलाई दिइएको जिम्मेवारी यस अघिका वर्षहरुमा जस्तै महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढी शशक्त रुपमा अगाडी बढाउने प्रतिकृया दिएका छन्। 

महासंघले यस अघि कृषि उद्यम केन्द्रको सभापतिमा डिबी बस्नेत र कर तथा राजस्व समितिको सभापतिमा अम्बिकाप्रसाद पौडेललाई चयन गरिसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved