महासंघको पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु वस्नेत चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 05:20:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उधोग बाणिज्य महासंघ पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु वस्नेत (अजित) नियुक्त भएका छन्। महासंघको २०८० बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरेअनुसार अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई समितिको सभापतिमा चयन गरेका हुन्।

नेपालको पर्यटन ब्यवसायमा एक दशकदेखि सक्रिय रहेका वस्नेत महासंघको कार्यकारिणी सदस्यमा यस अघि दुई पटक निर्वाचित भइसकेका छन्।  उनले महासंघको एनआरएन तथा द्रीराष्ट्रिय फोरमको सभापति हुँदा विभिन्न देशका द्रीराष्ट्रिय संघ र गैर आवासीय नेपाली मार्फत नेपालमा विदेशी लगानी भित्र्याउन भुमिका निर्वाह गरेका थिए।

पेशाले इन्जिनियर समेत रहेका वस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत पनि हुन। साथै उनी सार्क चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका वस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तर्गत अन्य परियोजनामा पनि लगानी गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved