महासंघका केन्द्रीय सदस्य गोपाल खनाल सार्क चेम्बर अफ कमर्सको सदस्यमा मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 03:40:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल खनाल सार्क चेम्बर कफ कमर्स एण्ड इन्डष्ट्रीको कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।

दक्षिण एसियाका देशहरुको उद्योगी व्यवसायीहरुको संगठन सार्क चेम्बर अफ कमर्सको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै वर्ष २०२३–२०२४ का लागि खनाल मनोनित भएका हुन् ।

उनलाई सार्क चेम्बरका महासचिव जुल्फिक्वार बटले मनोनितको पत्र पठाएका छन् । 

सार्क चेम्बरको अध्यक्ष अहिले बंगलादेश छ । नेपाल अहिले उपाध्यक्ष छ । चण्डीराज ढकाल सार्क चेम्बर अफ कमर्सको उपाध्यक्ष छन् ।

हालै सार्क चेम्बरको सदस्यमा मनोनित भएका  खनाल नेपाल उद्योग वाणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको सभापति पनि हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved