जेठ ३२ मा इप्पानको चुनाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 06:06:37 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन जेठ ३२ गते गर्ने भएको छ । आज बसेको कार्यसमित बैठकले २१ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमिति निर्वाचन जेठ ३२ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन प्रकृयामा भाग लिनको लागि जेठ २५ गते भित्र सदस्यता नविकरण र नयाँ प्राप्त गरिसक्नुपर्ने समेत निर्णय पनि बैठकले गरेको छ ।

यसका साथै साधारणसभाका तयारीको लागि उपाध्यक्ष मोहन कुमार डाँगी संयोजक रहने गरी सचिव राम प्रसाद आचार्य र सदस्य प्रकाश दुलाल रहेको मुल तयारी समिति र संस्थाको हालको स्वरुपमा परिमार्जन गरि संस्थालाई नयाँ ढंगले अगाडि बढाउने सम्वन्धी अध्ययन गरि सुझाव पेश गर्न सचिव भरत बहादुर खत्री संयोजक रहने गरी सल्लाहकार भानु पोखरेल र प्रकाश दुलाल सदस्य रहेको समिति गठन गरको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved