सुन ल्याएर गहना बनाएर निर्यात गरौँ, आयातमा कोटा प्रणाली हटाऔँः महासंघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 11:27:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आयातमा कायम कोटा प्रणाली हटाउन माग गरेको छ । महासंघका अध्यक्ष मानिकरत्न शाक्य नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुन चाँदीको आयातमा लगाइँदै आइएको कोटा हटाउन माग गरेको हो । 

हाल दैनिक १० किलो सुनको आयात गर्न पाइन्छ । 

‘कोटा कायम राखेर जाने हो भने नेपालको सुन बजार तस्करीमा आधारित बजारमा रुपान्तरण हुन्छ, कोटामा पुनर्विचार गर्नुपर्छ’ महासंघ अध्यक्ष शाक्यले भने । 

सुन आयात गहना निर्यात गर्दा १५ देखि २० प्रतिशतसम्मको मूल्यअभिवृद्धि रहेको अध्यक्ष शाक्यको दाबी छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved