निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2023 | 04:04:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका उद्योग, व्यवसाय वा अन्य आयोजनाको राज्यले अपनत्व लिई सहजीकरण तथा उत्प्रेरणा प्रदान गनुपर्ने बताएका छन् । उनले निजी क्षेत्रबाट सञ्चालन हुने उद्योग व्यवसाय तथा अन्य आयोजनाको राज्यले अपनत्व लिन सके छोटो समयमै विकास र सम्मृद्धि हासिल गर्न सम्भव रहेको बताएका हुन् । 

शुक्रबार वीरगञ्जमा आयोजित औद्योगिक प्रवद्र्धन कार्यक्रम तथा मधेश सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले राज्य र राज्यका हरेक निकायले निजी क्षेत्रलाई ‘पार्टनर’को रुपमा लिनुपर्ने समेत बताए ।

छोटो समयमा दक्षिण पूर्वी एशियाली मुलुक मेलेशियाले हासिल गरेको विकास र सम्मृद्धिको उदाहरण दिँदै ढकालले भने, “निजी क्षेत्रले अगाडि बढाउने हरेक आयोजनामा तीन वटै तहका सरकार तथा राज्यका अन्य निकायबाट हुने सहजीकरणले निजी क्षेत्रलाई थप लगानी गर्न, थप रोजगारी सृजना गर्न र थप राजश्व बुझाउन मद्दत पुग्ने हो, यसो हुँदा विकास र सम्मृद्धि हासिल हुने हो, सरकारले निजी क्षेत्रले सञ्चालन गर्ने उद्योग वा कुनै पनि पूर्वाधार आयोजनालाई हाम्रो पार्टनरसिपको आयोजना हो भन्ने गरी सहयोग र सहजीकरण गर्नुप¥यो । राज्यले निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनुप¥यो । त्यस्ता आयोजना हामी सबैका साझा सम्पत्ति हुन् भनेर सबै निकायबाट अपनत्व लिनुप¥यो ।”

नेपालमा क्याबिनेटबाट भएका निर्णयहरु समेत कार्यान्वयन हुन नसकेको भन्दै अध्यक्ष ढकालले केन्द्रदेखि स्थानीयत हसम्मको प्रकृयालाई सरलीकरण गर्नुपर्ने आवश्यकता औल्याए ।

मधेश प्रदेशमा रहेका सम्भावित आयोजनाको पहिचान गर्न स्थानीय सरकार तथा व्यवसायीहरुलाई आग्रह गर्दै ढकालले त्यस्ता आयोजनामा पुँजी र प्रविधिको लागि निजी क्षेत्रको तर्फबाट तथा व्यक्तिगत तर्फबाट आफूले पहलकदमी लिने बताए ।

नेपालको पर्यटन क्षेत्रको समग्र विकासका लागि केबलकार धार्मिक पर्यटन सर्किट निर्माण गर्न सकिने बताउँदै उनले यसले पूर्वदेखि पश्चिमसम्म नै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“अहिले बेला बेलामा विभिन्न किसिमका पर्यटन सर्किटका कुरा उठ्ने गरेका छन् । तर मैले नेपालको पुरै क्षेत्रलाई समेट्ने गरी केवलकार धार्मिक पर्यटन सर्किटको प्रस्ताव गरेको छु । यसले पूर्वदेखि सुदुरपश्चिमसम्म समेट्न सक्छ । अहिले सिमित क्षेत्रमा केन्द्रित रहेको पर्यटनलाई विकेन्द्रित गर्ने र नयाँ नयाँ गन्तब्यहरु निर्माणमा सहयोग पुग्न सक्छ,” उनले भने ।

उनले अहिलेको पर्यटक बसाई र उनीहरुको दैनिक खर्चलाई दोब्बर गर्न नयाँ नयाँ पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औल्याए । पछिल्लो समय नेपाल–भारत सिमा क्षेत्रदेखि नजिक रहेका नेपालका हिल स्टेसनहरु भारतीय पर्यटकहरुको रोजाइका नयाँ गन्तव्य बन्ने गरेको बताउँदै ती हिल स्टेशनहरुको प्रवद्र्धनमा विशेष कार्यक्रम बनाउन तीनवटै सरकारलाई आग्रह गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved