भन्सार कडाई गर्ने महानगरपालिकाको निर्णयमा उद्योग संगठन मोरङको ऐक्यवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2023 | 05:28:34 PM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगर महानगरपालिकाको अगुवाईमा आगामी श्रावण १ गते देखि खुला सिमानाबाट राजश्व छली गरि हुने आयातलाई कडाई गर्ने कार्य प्रति उद्योग संगठन मोरङले पूर्ण समर्थन गर्दै ऐक्यवद्धता जनाएको छ । राजश्व छलि गरि गैह्कानुनी रुपमा हुने आयातका कारण स्वदेशी उद्योग व्यवसाय धरासायी बन्दै गएकोमा महानगरको यो प्रयासले स्वदेशी व्यापार व्यवसाय विस्तारमा मद्दत पुग्ने संगठनका अध्यक्ष राकेश सुरानाले बताए ।

बिराटनगरको बजारलाई गूल्जार बनाउदै विराटनगरको औद्योगिक पहिचानलाई अक्षुण राख्न महानगरपालिकाले गरेको प्रयास प्रशंसनिय रहेको अध्यक्ष सुरानाले बताए ।  जोगबनी भन्सार क्षेत्र मात्र नभई  ६३ किलोमिटर लामो खुला सिमाना भएकाले सबै तिरबाट हुने गैह्कानुनी ओसार पसारलाई निरुत्साहित गर्नुपर्नेमा संगठनले जोड दिएको छ । राजश्व छलि गरि आउने वस्तुसंग प्रतिष्पर्धा गर्न नसकी स्वदेशी उद्योग व्यवसाय मारमा परिरहेको अवस्थामा महानगरको यस प्रयासबाट स्वदेशी उद्योग व्यवसायहरुलाई राहत पुग्ने संगठनको ठहर छ । 

अवैध तथा गैरकानुनी तबरबाट नेपाल प्रवेश गर्ने वस्तुले सरकारको राजश्व र स्वदेशी बजारमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा महानगरपालिकाको सकारात्मक पहललाई स्थानीय प्रशासन,ं सुरक्षा निकाय, उद्योगी व्यवसायी एवं सबै सरोकारवालाहरुले साथ सहयोग र समर्थन गर्न अपिल गर्दै खुला भन्सारबाट हुने सबै प्रकारको अवैध आयातलाई निरुत्साहित गर्न त्यसप्रकारको गैरकानुनी रुपमा चोरी पैठारी भई आउने मालवस्तु खरिद नगर्न नगराउन हुन समेत संगठनले सबैमा अपिल गरेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved