चोभारको सुक्खा बन्दरगाह संचालन जिम्मा निजी क्षेत्रलाई दिने तयारी, बोलपत्र आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2023 | 09:09:57 AM मा प्रकाशित

laxmi  sunrise bank

चोभारको सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान भएको छ ।  नेपाल इन्टरमोडल यातायात विकास समितिले सोमबार सार्वजनिक सूचना जारी गरी बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो ।

 बोलपत्र बुझाउने अन्तिम २२ भदौ ०८० रहेको छ । बोलपत्रमा सहभागी हुन पोर्ट म्यानेजमेन्ट, कन्टेनर फ्रेट स्टेसन म्यानेजमेन्ट, फ्रेट टर्मिनल म्यानेजमेन्ट, वेयरहाउस, ट्रान्सपोर्टेसन, क्लियरिङ एन्ड फरवार्डिङ, फ्रेट फरवार्डिङमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्नेछ । त्यस्तै, विगत तीन वर्षको औसत वित्तीय कारोबार कम्तीमा वार्षिक ६० लाखबराबरको हुनुपर्ने प्रावधान राखिएको छ ।

छनोट हुने कम्पनीले आगामी पाँच वर्ष बन्दरगाह सञ्चालन गर्न पाउनेछ । आर्थिक तथा प्राविधिक दृष्टिकोणले सक्षम ठहरिएका निजी कम्पनीमार्फत चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गराउन अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना प्रकाशन गरिएको समितिले जनाएको छ।

यो बन्दरगाह विश्व बैंकको ऋण सहयोगमा बनेको हो । यसको लागत १ अर्ब ५३ करोड हो । २२० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा ५ सय ट्रक पार्किङ गर्न सकिने क्षमता छ । ४ वटासम्म कन्टेनर खप्टिएर राख्न सकिने गरी कन्टेनर यार्ड पनि बनाइएको छ। सवारी साधन प्रवेशका लागि ३ वटा गेट बनाईएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved