एफएनसीसीआई र यूनिसेफको सहकार्यमा विपद जोखिम व्यवस्थापनबारे अन्तरक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2023 | 08:28:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो पटक गठित स्वास्थ्य तथा विपद व्यवस्थापन समितिको पहल एवं युनिसेफ नेपालको सहकार्यमा  विपद जोखिम व्यवस्थापनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विपद व्यवस्थापन र व्यवसाय निरन्तरता योजना सम्बन्धमा प्रस्तुति भएको थियो ।

विपद के हो ? यसको जोखिम के के हुन सक्छन? विपदले व्यवसायमा कसरी हानि गर्दछ ? यसलाई न्यूनिकरण गर्न के–के गर्नु पर्दछ  लगायत विभिन्न विषयहरुको बारेमा प्रस्तुतकर्ताले स्पष्ट पारेको महासंघले जनाएको छ। 

युनिसेफ नेपालकोको तर्फबाट ओआईसीको प्रमुख सुनिता कायस्थले १९९८ देखिको महासंघसंगको सहकार्य स्मरण गर्दै विपद पश्चातको महासंघको प्रभावकारी अग्रसरतालाई विपद पूर्व तयारी प्रयोग गर्न सकेमा धेरै जोखिम न्यूनिकरण हुने र व्यवसाय निरन्तरतामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनको सहकार्यको लागि युनिसेफ नेपालको सदैव तयार रहेको बताईंन्।

कार्यक्रममा सभापति भक्त हमालले छोटो समयको छलफल पश्चात कार्यक्रम तय भएको जानकारी गराउदै महासंघले विपद पूर्व तयारीमा जिम्मेवारी महशुस गर्दै नेपाल सरकार एवं विभिन्न दातृ निकायहरुको सहकार्य एवं निजीक्षेत्रको अग्रसरतामा व्यवसाय निरन्तरता सम्बन्धी चेतनामुलक कार्यक्रमहरु गर्ने योजना रहेको जानकारी गराए ।

सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं महासंघका उपाध्यक्ष हेमराज ढकालले अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण भएको बताए। उद्योगी व्यवसायीहरुमा व्यवसाय निरन्तरता योजना को बारेमा विभिन्न क्षेत्रगत रुपमा जानकारी गराउनुपर्ने र त्यसको लागि महासंघ निरन्तर सहकार्यमा रहने बताए । 

त्यसैगरि मन्तव्यको क्रममा महासंघका उपाध्यक्ष्ँ ज्योत्सना श्रेष्ठले व्यवसाय निरन्तरता योजना ९द्यऋए० को बारेमा आफू जानकार हुने अवसर प्राप्त भएको यो उद्योगी व्यवसायीको लागि अतिनै महत्वपूर्ण रहेको  बताए। 

कार्यक्रममा उपस्थित महासंघका कार्यकारिणी समिति सदस्य एवं व्यापार समितिका सभापति सुबोध कुमार गुप्ताले कार्यक्रम महत्वपूर्ण एवं सिकाइपूर्ण रहेको बताउनुहु“दै नेपालमा धेरै चुनौतिहरु रहेको त्यसको सामनाको लागि पूर्व तयारी अतिनै महत्वपूर्ण रहेको बताए । विपद जोखिम व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

कार्यक्रममा कार्यकारिणी समितिका सदस्यहरु, स्वास्थ्य तथा विपद व्यवस्थापन समितिका सदस्य, सल्लाहाकार एवं आमन्त्रितहरुको सहभागिता रहको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved