महासंघको व्यापार समिति विस्तार, गुप्ताको सभापतित्वमा बन्यो १७ सदस्यीय टिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2023 | 03:56:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समिति विस्तार भएको छ । केन्द्रीय कार्यकारिणी सदस्य सुवोध गुमार गुप्ताको नेतृत्वमा रहेको यो समिति १७ सदस्यीय भएको छ । 

समितिको सभापतिमा गुप्ता छन् भने उप–सभापतिमा लिलेन्द्र प्रसाद प्रधान, प्रयास कार्की र ओम प्रकाश बंसाल रहेका छन् । समितिको सदस्यमा ओमनाथ महर्जन, माधव राजपाल, अशोक कुमार श्रेष्ठ, सुजिल श्रेष्ठ र चन्द्र थापा रहेका छन् ।

समितिले आमन्त्रित सदस्यमा उमेश प्रसाद लामिछाने, प्रकाश चन्द्र सुवेदी, प्रदिप खड्का, सन्तोष पोखरेल, रेशम प्रसाद देवकोटा, मनोज कुमार घिमिरे र इन्द्र बहादुर महर्जन रहेका छन् । 

मणिक रत्न शाक्य समितिको सल्लाहकार चुनिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved