निर्माण व्यवसायीद्वारा सेफ्टी हेल्मेट लगाएर प्रधानमन्त्री निवास अगाडी धर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2023 | 09:21:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघले आज सोमबार प्रधानमन्त्री निवास अगाडी धर्ना दिएको छ । विभिन्न ९ बुँदे माग सहित आन्दोलनमा उत्रिएको महासंघले पूर्व घोषित कार्यक्रम अनुसार आज वालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिएको हो।

पूर्व निर्धारित कार्यक्रम अन्तर्गत महासंघले सेफ्टी हेल्मेट लगाएर १ घण्टा प्रधानमन्त्री निवास अगाडी धर्ना दिएको महासंघका अध्यक्ष रवि सिंह बताए । माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनले बताएका छन् ।

यस्ता छन् महासंघका ९ बुँदे माग :

१. सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने ।

 २. नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने ।

३. अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने ।

४. रुग्ण आयोजनाहरु अन्यौल ग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने ।
५. चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने ।

६. बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनु पर्ने ।

७. स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु.अ.करको कट्टा गरेको रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनु पर्ने ।

८. उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनु पर्ने ।

९. कानूनमा संशोधन गरिनु पर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved