निर्माण व्यवसायीहरु सरकारविरुद्द आन्दोलनमा, डोजरसहित प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 11:25:32 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायीहरु हरेक दिन प्रधानमन्त्री कार्यालय र संसद भवन अगाडी धर्ना दिँदै आएका छन् । साउन १५ गते सोमबारदेखि उनीहरुले बिहान ९ बजे प्रधानमन्त्री निवास अगाडी र दिउँसो ३ बजे संसद भवन अगाडी प्रदर्शन गर्दै आएका छन् ।

निर्माण व्यवसायीहरु सेफ्टी हेल्मेट लगाएर हरेक दिन १ घण्टा प्रधानमन्त्री निवास अगाडी र १ घण्टा संसद भवन अगाडी धर्ना दिइरहेका छन् । मंगलबार दिउँसो निर्माण व्यवसायी महासंघको ब्यानरमा संसद भवन अगाडी निर्माण व्यवसायीहरुले निर्माण औजार र उपकरण (डोजर, ब्याहोलोडर) सहित प्रदर्शन गरेका छन् । 

महासंघका अध्यक्ष रवि सिंहका अनुसार ९ बुँदे माग पूरा नभएसम्म महासंघले गर्ने आन्दोलनका कार्यक्रमहरु तय भइसकेका छन् । सोही अनुसार धर्ना दिने गरिएको हो ।

यस्ता छन् महासंघका ९ बुँदे मागः

१) सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने ।

२) नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने ।

३) अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने ।

४) रुग्ण आयोजनाहरु अन्यौल ग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने ।

५) चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने ।

६) बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनु पर्ने ।

७) स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु।अ।करको कट्टा गरेको रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनु पर्ने ।

८) उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनु पर्ने ।

९) कानूनमा संशोधन गरिनु पर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved