उद्योगहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको सर्वेक्षण प्रतिवेदन सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 01:10:06 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग संगठन मोरङले सदस्य उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका विषयमा गरेको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । व्यवसायजन्य स्वास्थ्य सुरक्षाका तय मापदण्डलाई आधार रही सर्वेक्षण गरिएको थियो । 

प्रतिवेदन सार्वजनिक कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले असल उत्पादनका अभ्यास र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अन्तरसम्वन्ध हुने बताए। वर्तमान कार्यसमितिले असल उत्पादनका अभ्यासलाई प्राथमिकता राखी सोही अन्तर्गतका गतिविधिलाई वढावा दिने स्पष्ट पारे । उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षा उत्पादकत्व अभिवृद्धि, दुर्घटना न्यूनिकरण र मानिसको स्वास्थ्यसंग प्रत्यक्ष्ँ सम्वन्ध राख्ने भएको बताउदै आगामी दिनमा संगठनका तर्फबाट उद्योग प्रतिष्ठानहरुमा जनचेतनामूलक कार्यक्रम संचालन गरी सुधारका पक्षमा ध्यान केन्द्रित गरिने जानकारी दिए । 

सर्वेक्षक विजु थपलियाले प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य सुरक्षाका लागि व्यवहारिक पक्षहरु सुधार गर्नुपर्नेमा जोड दिए । उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षाका सन्दर्भमा व्यवस्थापकिय तह र श्रमिक तहमा चेतना स्तर फरक रहको वताउदै जोखिम न्यूनिकरण, श्रमिकको सुरक्षा चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । स्वस्थ्य कार्यस्थल निर्माण संस्कृति विकासका लागि उद्योग प्रतिष्ठानहरुले आपतकालिन सुरक्षा योजना बनाउनु पर्नेमा जोड दिए । 

संगठनले इन्स्योर परियोजनाको सहकार्यमा गरेको सर्वेक्षणका आधारीत रही निकट भविष्यमा यस क्षेत्रको संगठनको सदस्य उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षा अडिट गर्नेछ । 

सो कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य दिपक अग्रवाल, इन्स्योर हेल्भेटासका प्रदेश परियोजना प्रमुख संजिव राई लगायतका प्रतिनिधि र विभिन्न उद्योग प्रतिष्ठानका संचालक एवं व्यवस्थापकको सहभागिता रहेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved