अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा पुन: गौरव शारदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2023 | 06:25:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सभाले गौरव शारदा लाइ पुनः आगामी २ वर्षका लागि निर्विरोध अध्यक्षमा चयन गरेको छ।

साथै उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्यहरुमा शंकर लाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन् ।

सभाले कोभिडको समयमा अक्सिजन उद्योगको स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठुलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हाल सम्म फिर्ता नगरेकोले उद्योगहरुलाइ ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेकोले सो बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यसैगरि संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धि आवश्यक कानुन बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ ।

" अक्सिजन सिलिन्डरको मापदण्ड अन्तर्गत COLOR CODING, LABELING, MAXIMUM FILLING PRESSURE, GAS INFORMATION, PERIODIC INSPECTION DETAILS आदि सम्बन्धि अन्तरास्ट्रिय मापदण्ड अनुसारको व्यवस्था लागु गरेमात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनीकरण गर्न सकिने संघका अध्यक्ष गौरव शारदाले जानकारी दिए ।

संघले आगामि दिनमा लिक्विड अक्सिजनको आयातमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ । नेपालमा संचालित अक्सिजन ग्यास उद्योगहरुको उत्पादन माग भन्दा धेरै रहेकोले लिक्विड अक्सिजन आयात गर्न आबश्यक नरहेको, लिक्विड  अक्सिजनको आयातले गर्दा देशभरि संचालनमा रहेको २८ वटा अक्सिजन उद्योगहरुको भविष्य धरापमा परेको र अक्सिजन ग्यासमा नेपाल आत्मनिर्भर हुदा हुदै यसरि लिक्विड अक्सिजनको आयातले निरन्तरता पाए अक्सिजन ग्यासमा नेपाल भारत तर्फ निर्भर हुनु पर्ने बाध्यात्मक अवस्था सृजना हुनेपनि संघका अध्यक्ष  गौरव शारदाले जानकारी दिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved