चेम्बरले भन्यो 'औद्योगिक एवं व्यवसायिक वातावरण सिर्जना गर्न सबैको भूमिका चाहिन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 04:40:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले मुलुकमा औद्योगिक एवं व्यवसायिक वातावरण सिर्जना गर्नका लागि सवै क्षेत्रको भूमिका उत्तिकै जिम्मेवार हुनुपर्ने  जनाएको छ । पछिल्लो समय निजी क्षेत्र लक्षित केही भ्रामक समाचार फैलिएको र यसले उद्योगी व्यवसायीमा अनावश्यक भ्रम सिर्जना गरेको चेम्बरले उल्लेख गरेको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको आर्थिक स्थायीत्वका लागि लगानीमैत्री वातावरण बन्न आवश्यक छ । निजी क्षेत्रमा भ्रम उत्पन्न गराउने गरी बेलाबखत आउने समाचारले अन्यौलता पैदा गर्दछ ,।’ 

सत्य, तथ्य र निश्पक्ष समाचारले अर्थतन्त्रको जग बलियो बनाउने र यसले निजी क्षेत्रको मनोबल उकास्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उद्योग र व्यवसायको विकास मार्पmत आर्थिक समृद्धि एवं लगानीको वातावरण निर्माण गर्नु सवै क्षेत्रको दायित्व भएको चेम्बरको ठहर छ ।  मुलुकको आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका अग्रणी रहेको चेम्बरले उल्लेख गरेको छ । सोही यथार्थलाई थप जिम्मेवारीका साथ निर्वाह गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

सञ्चार माध्यमको निश्पक्षतालाई निजी क्षेत्रले पथप्रर्दशकका रुपमा ग्रहण गर्ने चेम्बरले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved