निर्माण व्यवसायीले ६ दिनसम्म काठमाडौँमा सिट्ठी जुलुस निकाल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 05:50:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघले ६ दिनसम्म सिठ्ठी जुलुस निकाल्ने भएको छ । साउन २१ गतेदेखि २६ गतेसम्म महासंघको अनामनगरस्थित कार्यालयदेखि संसद भवन अगाडीसम्म सिठ्ठी जुलुस गर्ने महासंघले जनाएको छ ।

हरेक दिन बिहान ९ बजेबाट अनामनगरस्थित महासंघको कार्यालयदेखि संसद भवन अगाडीसम्म सिठ्ठी जुलुस निकाल्ने र संसद भवन अगाडी सभा गर्ने निर्णय महासंघले गरेको छ । त्यसपछि संसद भवान अगाडीबाट माइतीघर बबरमहल हुँदै हनुमानस्थानमा सिठ्ठी जुलुससहित धर्ना दिने गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

निर्माण व्यवसायीहरुले सरकारले रोकेको भूक्तानी तत्काल दिनुपर्ने, सम्पूर्ण आयोजनाको एकमुष्ठ म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् ।

No description available.

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved