घरेलु तथा साना उद्योग महासंघले मेला आयोजना गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 06:10:37 PM मा प्रकाशित

laxmi  sunrise bank

घरेलु तथा साना उद्योग महासंघले मंसिरमा औद्योगिक ब्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गर्ने भएको छ । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले आगामी मंसिरमा मेला आयोजना गर्ने तयारीमा महासंघ जुटिरहेको जानकारी दिए ।

बिजपाटीसँग आज संक्षिप्त कुराकानीका क्रममा अध्यक्ष सिंहले मंसिर २६ गतेदेखि ३० गतेसम्म मेला आयोजना गर्न लागिएको जानकारी दिएका हुन् । मेलामा विदेशबाट समेत सहभागीहरु आउने उनको भनाई छ ।

देशका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरु मेलामा प्रदर्शनमा राखिने छ ।

‘मेला गर्ने मिति तय भएको छ, अहिले महासंघ यसैको तयारीमा जुटेको छ’ उनले भने, ‘हरेक वर्ष मेला आयोजना गर्दै आएका छौँ, गत फागुनमा पनि गर्यौ, अब चाहिँ मंसिरमा गर्ने गरी तयारी भइरहेको छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved