आन्दोलनरत निर्माण व्यवसायीसँग छलफल गर्न सरकारले बनायो कार्यदल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2023 | 01:15:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आन्दोलनरत निर्माण व्यवसायीहरुसँग छलफल गरी समस्या समाधान गर्न ६ सदस्यीय  कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले छलफल, वार्ता, समन्वयलगायतका कार्य गर्ने गरी कार्यदल गठन गरेको बिजपाटीलाई बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनमा कार्यदल बनाइएको हो । उनका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको हो । कार्यदलले १५ दिनसम्म काम गरेर प्रतिवेदन पेश गर्नेछ।

यसैबीच अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीलाई आज छलफलमा बोलाएका छन् । काम गरेको भूक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायी महासंघलाई अर्थमन्त्री डा महतले छलफलमा बोलाएका हुन् । सरकारबाट भुक्तानी नपाएकोलगायतका माग राखेर निर्माण व्यवसयाीहरु आन्दोलित छन् । सरकारले व्यवसायीहरुलाई अर्बाैँ रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved