‘आर्थिक कुटनीतिमा निजी क्षेत्रसंग सहकार्य अपरिहार्य’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2023 | 07:07:22 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवद्र्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य बिषयक छलफलमा वक्ताहरुले उक्त धारणा राखेका हुन् । 

परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवद्र्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए। विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदुतहरुले पनि निजी क्षेत्रसंगको सहकार्य गर्नुपर्ने उनको धारणा थियो । 

नेपाल सरकार सुरक्षा परिषदका सल्लाहकार एवं पूर्व मुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरुले आप्mनो दायरा विस्तार गरि निजी क्षेत्रसंग सहकार्य गर्नुपर्ने बताए। 

मुख्य सचिव वैकुण्ठ अर्यालले नवनियुक्त राजदूतहरुलाई शुभकामना दिनुहुँदै आर्थिक कुटनीति विस्तारका लागि वहुपक्षीय निकायहरुसंगको सहकार्य पनि आवश्यक रहेको बताए। यसैगरि निजी क्षेत्रले पनि वस्तु र बजार विविधिकरणमा ध्यान दिनुपर्ने बताए । 

श्रम सचिव केवल भण्डारीले अब आर्थिक कुटनीतिलाई श्रम कुटनीति भन्नुपर्ने सुझाव दिए । अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कुटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए। वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको बताए। यसैगरि अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो ।

प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्युनिकरणमा पनि नियोगहरुको भूमिका महत्वपूर्ण रहने बताए । पर्यटन सचिव भरतमणी सुवेदीले नया खुलेका पोखरा र गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा नियोगहरुको भूमिका महत्वपूर्ण रहने बताए। संघीय मामिला सचिव विनोद सिंहले नवनियुक्त राजदूतहरुलाई शुभकामना दिए । 

सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूुतहरुको उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरुले सकारात्मक मात्र भएमा पनि निक्कै सहज अनुभव बताए । ‘नियोगहरुले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,’ उनले भने। धेरै उदीयमान र बिकसित अर्थतनत्रहरुमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धनका आधारमा राजदूतहरुको मुल्यांकन हुने गरेको पनि उनले बताए । यसका लागि महासंघ निरन्तर सहकार्य गर्न तयार रहेको बताए। 

नवनियुक्त राजदूतहरुको तर्फबाट बोल्दै थाइल्याण्डका लागि नियुक्त राजदूत धनवहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य बिषयमा केन्द्रित भै सुझाव दिनुपर्ने बताए । 

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने बताए। महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघ र नियोगहरुको निरन्तर सहकार्य रहने बताए ।  

सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्याण्डका लागि धन वहादुर वली, युएइका लागि तेज वहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र संघ नियोगका लागि लोकवहादुर थापालाई राजदूत नियुक्त गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved