कुलमानले लाइन काट्ने चेतावनी दिएपछि व्यवसायीले प्रधानमन्त्री गुहारे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2023 | 11:19:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडरमार्फत विद्युत उपभोग गरेर महशुल नतिरेको भन्दै तत्काल बक्यौता बुझाउन ताकेता गरेपछि उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री गुहारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा उद्योगी व्यवसायीहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे गुनासो राखेको हो ।

तिर्नु नपर्ने पैसा पनि विद्युत प्राधिकरणले माग गरिरहेको र अर्बौ रुपैयाँ बक्यौता देखाएर त्यो रकम नतिरे लाइन काटिदिने चेतावनी दिएको भन्दै उद्योगी व्यवसायीहरुले गुनासो राखेका हुन् । उद्योगी व्यवसायीहरुको गुनासो सुनेपछि प्रधानमन्त्री प्रचण्डले तत्काल विद्युत कटौती नगर्ने आश्वासन दिएका छन् । 

महासंघको टोलीमा सहभागी भएका महासंघका सातै प्रदेशका अध्यक्षहरुले प्रधानमन्त्री समक्ष लोडसेडिङ अन्त्य भइसके पछिको पनि डेडिकेटेड फिडरमार्फत विद्युत उपभोग गरेको भन्दै शुल्क माग भइरहेको र अहिले पनि औद्योगिक करिडोरहरुमा अघोषित रुपमा लोडसेडिङ भइरहेको विषयमा गुनासा राखेका थिए । 

उद्योगी व्यवसायीहरुसँगको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved