दरबारमार्गमा नयाँ रुपमा फर्कियो केएफसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 12:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank


केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात पुनः सञ्चालनमा आएको हो ।

दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो ।

यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) को उत्पादन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरुको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरु समक्ष पुर्याउने निर्णय केएफसीले गरेको छ ।

केएफसी दरबारमार्ग स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सिट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनाहरुलाई स्मरणीय भोजन अनुभव दिने कम्पनीले जनाएको छ । साथै ग्राहकहरुको अनुभवलाई अभिवृद्धि गर्नका लागि छिटै नै दरबारमार्ग स्टोरमा स्वचालित रुपमा खानेकुरा अर्डर गर्न सकिने सेल्फ अर्डरिङ कियोस्क मेसिन जडान गरिने कम्पनीले जानकारी दिएको छ । 

आउँदो चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयाँमा डबल डाउन बर्गरको अफर ल्याएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved