उद्योग वाणिज्य संघ काठमाडौँमा नयाँ कार्यसमिति, अध्यक्षमा दिनेश र महासचिवमा दुर्गाराज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 04:20:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आज मनोनयनका क्रममा अध्यक्षसहित सबै पदमा निर्विरोध कार्यसमिति चयन भएको हो । अध्यक्षमा श्रेष्ठ दोहोरिएका हुन् ।

उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन र जय सिवाकोटी निर्विरोध चयन भएका छन् । महासचिवमा दुर्गाराज श्रेष्ठ निर्विरोध निर्वाचित हुँदा सचिवमा शुष्मा महरा पनि निर्विरोध भइन् । कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे पनि निर्विरोध नै भए ।

त्यस्तै सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दिपक भण्डारी, शिशिर गौतम, दिपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका छन् ।

उद्योग वाणिज्य संघ काठमाडौँको साधारणसभा भने असोज ५ गते हुनेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved