ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 09:41:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलले उम्मेद्वारी घोषणा भएको छ । आज सोमबार ललितपुरमा आयोजित  एक कार्यक्रममा प्यानलको उमेदवारी घोषणा गरिएको हो ।

बज्राचार्य प्यानलको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, ३ जना उपाध्यक्षमा मुकुन्द महर्जन,आपुलाल अवाले र राकेश भक्त गुल्मी रहेका छन्। त्यस्तै महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य उम्मेदवार छन्। हाल वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको दाबी गरेका छन् ।

संघको साधारणसभा आगामी असोज १९ गते हुने छ। संघको अध्यक्ष पदमा हाल तीन जनाले आकांक्षा देखाएका छन् । 

बज्राचार्यको समूहबाट उद्योग समूह सदस्यतर्फ सजना श्रेष्ठ, सबिन मान जोशी, प्रविन बज्रचार्य, प्रविण ताम्राकार, बिष्णुलाल सिकर्मी र शैशव कृष्ण श्रेष्ठ छन् । यस्तै, वाणिज्य सदस्यतर्फ बिमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेश राज बज्रचार्य, प्रविण बहादुर शाक्य, पुष्पकुमार थापा र हरिराम जोशी छन् । संस्थागत सदस्यतर्फ मिलन श्रेष्ठ र एसोसिएसन सदस्यमा रवि महर्जन उम्मेद्वार छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved