चिनिया लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 06:22:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा चिनिया लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन र चीनतर्फकोे निर्यात सहजीकरणका लागि दुवै तर्पmका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा दुवै तर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त धारणा राखेका छन्। 

द्धिपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको बिकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गैरहेको बताए। उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे। नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउदै दुइ देशको आपसी सम्बन्धले आर्थिक बिकास सम्भव भएको बताए। 

प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउदै उनले त्यसका लागि वातावरण वनाउने बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवद्र्धनमा सरकार सधै तत्पर रहेको बताए ।  साथै उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको सराहना पनि गरे । 

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको बिषय रहेको बताए । नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए। 

सिसिपिआइटीको मुख्यालय बेइजिंगमा सेप्टेम्बर २४, २०२३ मा आयोजित समिटलाई सम्बोधन गर्दै चिनिया वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए। साथै नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए। चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिवद्धता जनाउने मुलुक हो । 

नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । यसैगरि उनले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने बताए । 

समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जन ागर्न, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए । साथै, नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए। 

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए। पछिल्लो समय पर्यटन पुर्वाधारहरु जस्तै केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको वढि सम्भावना देखिएको उनले बताए। नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको वताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । 

विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको अध्यक्ष ढकालले बताए। नेपालमा लगानी गरेका बहुराष्टिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउनुहुँदै अध्यक्ष ढकालले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिए । 

अध्यक्ष ढकालले दुइ देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनिया बैंकको आवश्यकता रहेको बताए। चिनिया बैंक शाखाको रुपमा वा नेपालीसंगको संयुक्त लगानीमा आउन सक्ने उनले बताए। 

सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको वताउनुहुँदै समिटले द्धिपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए । सिसिपिआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास दिलाए । 

महासंघको वैदेशिक लगानी एवं अन्तराष्टिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पुर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गर्नुभएको थियो । नेपालमा प्राकृतिक स्रोतसंगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए। 

समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्टिय उद्योग व्यापार महासंघका पदाधिकारी सहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता थियो । उक्त समिट पूर्व बिजनेस टु बिजनेस वैठक पनि राखिएको छ ।

यसअघि, महासंघ र सिसिपिआइटीका पदाधिकारीहरुबीच द्धिपक्षीय छलफल समेत भएको थियो । जसमा दुइ संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणका बिषयमा छलफल भएको थियो । 

छलफलमा अध्यक्ष ढकाल सहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठको सहभागिता थियो । यसैगरि महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम वहादुर शाहीले पनि वैठकमा सहभागिता जनाएका थिए । यसैगरि कार्यसमिति सदस्यहरु मनोज पौडेल, हरि कार्कि र सोभा ज्ञवालीको पनि कार्यक्रम एवं वैठकमा सहभागिता थियो । समिटका क्रममा आइएमइ समूहले सिएएमसी इन्जिनियरिंग कम्पनीसंग लगानी विस्तारको समझदारी गरेको छ ।

महासंघले पछिल्लो चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो । यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिजसंगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved