नेपाली उत्पादनको बजारीकरणका लागि अन्तराष्ट्रिय ब्यापार मेलाः अध्यक्ष ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 10:23:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाली उत्पादनको बजारीकरण अहिलेको आवश्यकता भएको बताएका छन् । ‘नेपाल अन्तराष्ट्रिय ब्यापार मेला’को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले नेपाली उत्पादनको बजार खोजी गर्ने उदेश्यले महासंघले ब्यापार मेला आयोजना गर्न लागेको बताए । 

उनले हरेक वर्ष हुँदै आएको ब्यापार मेलाले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउने माध्यमका रुपमा भूमीका निर्वाह गर्दै आएको र यसपाली मंसिर १४ देखि १८ सम्म आयोजना हुने मेला पनि त्यसैको निरन्तरता भएको बताएका हुन् ।

‘अघिल्लो वर्ष मेला हुन सकेन, यसपाली त्यो ग्याप पनि पूरा गर्ने गरी हामी मेला आयोजना गर्दैछौँ’ अध्यक्ष ढकालले भने, ‘नेपालमा उत्पादित बस्तुको बजारीकरणमा मेलाले भूमीका निर्वाह गर्ने विश्वास लिएका छौँ ।’

उनले स्वदेशिसहित चीन, भारत, बंगलादेश, पाकिस्तान र भुटानबाट समेत मेलामा सहभागीता हुने भएकाले नेपाली बस्तुलाई विश्व बजारमा पुर्याउन मेलाले भूमीका खेल्ने बताए । अध्यक्ष ढकालका अनुसार मेलामा स्वदेशि तथा विदेशी गरी कुल ३ सय स्टल रहने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved