नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्शको पहिलो साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 06:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ। नेपालका लागि फिनल्याण्डकी राजदुत रीना रिक्का हेइक्काको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभामा नेपाल र फिनल्याण्डबीचको सम्बन्ध र यसको उपयोगिताबारे बयान गरिएको थियो। फिनल्याण्डकी राजदुत हेइक्काले आफ्नो मन्तब्य राख्दै नेपाल र फिनल्याण्डबीचको व्यवसायिक तथा आपसी भाइचाराको सम्बन्ध पुरानो र मजबुत रहेको बताएकी थिईन्। नेपालसँगको सहकार्य प्रशंसनीय रहेको बताउदै उनले फिनल्याण्डले नेपालमा शुद्द पिउने पानी, शिक्षा, गुणस्तरीय तथा सामाजिक समावेसिता, मौसम परिवर्तन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। 

नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्शका अध्यक्ष मुकुन्द तिमिल्सेना तथा उपाध्यक्ष प्रज्वल पाण्डे, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेश काजि श्रेष्ठ लगायतले दुई देशबीचको व्यापारिक सम्बन्ध र सम्भाव्यताबारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए। 

नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष श्रेष्ठले फिनल्याण्ड जस्तै संसारको खुसी हुने नागरिकमा पर्न चाहेको बताउदै नेपालको आर्थिक सामाजिक तथा राजनीतिक क्षेत्रलाई फिनल्याण्डको जस्तै व्यवस्थित बनाउनलाई फिनल्याण्डसँग बलियो सहकार्यको अपेक्षा गरेको बताए। 

नेपाल र फिनल्याण्डबीच सन् १९७४ मा औपचारिक रुपमा व्यवसायिक सम्बन्धको सुरुवात भएको हो। व्यवसायीक सम्बन्ध गहिरो बन्दै गएपछि फिनल्याण्डले सन १९९५ मा नेपालमा राजदुतावासको स्थापना गरेको हो। 

फिनल्याण्डले नेपालको शिक्षा, प्रविधि तथा सामाजिक रुपान्तरमा सहयोग पुर्याउदै आएको छ भने दुई देशबीच दोहोरो ब्यापार सम्बन्ध समेत रहेको छ। नेपालले गलैचा, पस्मिना, चिया, जस्ता बस्तुहरु फिनल्याण्डमा निर्यात गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved