उद्योग वाणिज्य संघ काठमाडौँले बनायो विषयगत समिति, कुन समितिको सभापति को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 02:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य संघ काठमाडौँले विषयगत समिति बनाएको छ । व्यवसायीहरुको हकहित सम्बन्धि र संघको उद्देश्यहरु प्राप्त गर्न सहजीकरण गर्नका लागि विषयगत समिति गठन गरिएको संघले जनाएको छ । 

यस अन्तर्गत कार्य सम्पादन समिति र सदस्यता समितिको सभापतिको जिम्मेवारी संघका अध्यक्ष दिनेश श्रेष्ठलाई दिइएको छ । 

संघ संस्था समन्वय समितिको सभापतिमा उपाध्यक्ष राजेन्द्र शेरचन, आर्थिक समिति सभापतिमा कोषाध्यक्ष प्रदीपमान प्रधान र कृषि, पर्यटन तथा उद्योग समितिको सभापतिमा सह–कोषाध्यक्ष नानीराज घिमिरे चयन भएका छन् ।

रोजगारदाता समितिको सभापतिमा सागर शाक्य, कर ,राजस्व तथा भन्सार समितिको सभापतिमा राजेन्द्र संग्रौला, कार्यक्रम , तालिम तथा प्रशिक्षण समितिको सभापतिमा सदिश श्रेष्ठ, नीति तथा कानुन अध्ययन सुझाव समितिको सभापतिमा शशिर बहादुर गौतम र सुचना प्रविधि समितिको सभापतिमा दिपक भण्डारी (क) चयन भएका छन् ।

सामाजिक समितिको सभापतिमा दिपक भण्डारी (ख), आयात निर्यात समितिको सभापतिमा कुशन प्रधान, बैंकिङ्ग, वित्त तथा विमा समितिको सभापतिमा महेन्द्र कुमार गोयल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता समितिको सभापतिमा प्रेम हरि मैनाली र मेला,प्रदर्शनी तथा प्रकाशन समितिको सभापतिमा उज्ज्वल जंग पराक्रम शाह चयन भएका छन् ।

यसैबीच, संघले ४ जना सदस्य मनोनित गरेको छ । मनोनित सदस्यहरुमा मिना गोपाली, नविन लुइँटेल, फुपू तेन्जिंग शेर्पा र नरेन्द्र कुमार गुप्ता रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved