नेपालका लागि रूवाण्डाको वाणिज्यदूतमा प्रज्वलजंग पाण्डे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 07:45:13 PM मा प्रकाशित

laxmi  sunrise bank

रूवाण्डा सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ । नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष एवं व्यवसायी पाण्डेलाई रूवाण्डा सरकारले आफ्नो वाणिज्य दूतमा नियुक्त गरेको हो ।

नवनियुक्त वाणिज्यदूत पाण्डे परराष्ट्रमन्त्री एनपी साउदले प्रमाणपत्र दिँद नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन्। वाणिज्यदूतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा काम गरिने भएको छ । जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाईने नवनियुक्त वाणिज्यदूत पाण्डेले जानकारी दिए ।

साथै आगामी दिनमा रूवाण्डा र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताए । ‘रूवाण्डाले भर्खरै मात्र नेपालमा आफ्नो वाणिज्यदूत नियुक्त गरेको छ,’ नवनियुक्त वाणिज्यदूत पाण्डेले भने, ‘यसले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’

साथै कार्यक्रममा परराष्ट्र मन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डा बीच दुई देशीय व्यापार अभिबृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएकोे बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved