सुदुरपश्चिम सरकार र महासंघबीच लगानी प्रवद्र्धन र बिकासका लागि सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2023 | 09:08:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सुदुर पश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवद्र्धन र बिकासका गतिविधि संचालनका लागि सहकार्य गर्ने बिषयमा समझदारी भएको छ । शनिवार महासंघमा आयोजित एक कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल वहादुर शाह र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार प्रदेश सरकार र महासंघले सुदूर पश्चिम प्रदेशमा लगानी प्रबद्र्धन गर्न र प्रदेशको आर्थिक विकास एवं समृद्धिमा योगदान पुर्याउन सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ । सोही अनुसार प्रदेश सरकार र महासंघको संयूक्त आयोजनामा आगामी २०८० फाल्गुण २३ र २४ गते “सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन” आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासंघको सम्पूर्ण संयन्त्रले काम गर्ने महासंघ अध्यक्ष ढकालले प्रतिवद्धता जनाए।

यसैगरि अध्यक्ष ढकालले भारत र चीनमा बिजनेस समिट आयोजना गरेको र त्यहाबाट सोध पुछ हुन थालेको अवस्थामा प्रदेशहरुमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको अध्यक्ष ढकालले बताए। महासंघको तेस्रो कार्यकारिणी समिति वैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदुरपश्चिम प्रदेश सरकारसंग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक बिकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताए।

कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल वहादुर शाहले महासंघसंगको सहकार्यमा निर्धारित लगानी तथा बिकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे। उहाले सम्मेलनका अवसरमा सुदुर पश्चिममा लगानीको प्रतिवद्धता आउने विश्वास पनि व्यक्त गरे। प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिवद्धता पनि उहाले व्यक्त गरे।

सुदुरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री नरेश शाहीले सुदुर पश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने बताए। आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उहाको धारणा थियो । 

कार्यक्रममा महासंघका उपाध्यक्षद्धय हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठ र महासंघ लगानी तथा विदेश मामिला फोरमका सभापति मनोज पौडेलले सहकार्य र सम्झौताको औचित्यमाथि आफ्नो धारणा राखेका थिए । महासंघले लगानी सम्मेलनका लागि अन्य प्रदेश सरकारहरुसंग पनि छलफल गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved