सिमेन्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न निर्माण व्यवसायीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 04:25:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्टमा भएको मूल्यवृद्धि खारेज गर्न नेपाल निर्माण व्यवसायी महासंघले माग गरेको छ । महासंघले प्रेस वक्तव्य जारी गर्दै सिमेन्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन सरकार समक्ष माग गरेको हो। 

महासंघले स्वतस्र्फूत रुपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त विपरित कार्टेलिङ गरी हालै बजारमा सिमेण्टको भाउ बढाइएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय मूल्यवृद्धि गरिनु कानून विपरितको दण्डनीय अपराध भएको महासंघका महासचिव रोशन दाहालद्धारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । ‘विगतमा पनि कार्टेलिङ गरी पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठूलो आर्थिक बोझ थपिएको विदितै छ’, महासंघको विज्ञप्तिमा लेखिएको छ ।

म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको महासंघको भनाई छ ।

                                                       

                                                         


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved