विद्युत महशुल विवाद समाधानका लागि राजनीतिक नेतृत्वसँग उद्योगीको भेटघाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 05:14:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन बिवादका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेको उद्योगीले आज बुधबार बिहान कांग्रेस सभापति देउवासँग भेटभाट गरेका हुन् । सो भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानूनी व्यवस्था अनुरुप विवाद समाधान हुनुपर्ने बताएको परिसंघले जनाएको छ।

“कानुनी व्यवस्था अनुरुप हुनुपर्छ, सबैले कानूनको पालना गर्नुपर्छ । यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ आफूहरुले पनि सरकारको ध्यानाकर्षण गराउने” आश्वासन दिनुभएको भेटमा सहभागी उद्योगीले बताएका छन्। 

पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको महशुल नतिरेको भन्दै उद्योगको लाइन काट्न थालेपछि उद्योगी र प्राधिकरणबीच विवाद बढेको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved