परिसंघले भन्यो 'अर्थतन्त्रको वास्तविक अवस्था सरकारले भने जस्तो सुधारोन्मुख छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2024 | 03:03:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले अर्थतन्त्रको वास्तविक अवस्थाबारे सर्वेक्षण गरेको छ । सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै सरकारले भने जस्तो अर्थतन्त्रको अवस्था सुधारोंन्मुख नभएको पाइएको परिसंघले जनाएको छ । 

पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्विकार गरेको नेपाल सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन् । अर्थतन्त्रको वाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइएको छ । सरकारको यस्तो तथ्यांक र जिकिरलाई जनस्तर, निजी क्षेत्र एवं संचारमाध्यमहरुले गरिरहेको अनुभव तथा तथ्य-विश्लेषणहरुसँग मेल नखाइरहेको अवस्थामा अर्थतन्त्रको वास्तविकता आकलन गर्न नेपाल उद्योग परिसंघ (सीएनआई) ले उद्योग व्यवसायस्तरमा सर्वेक्षण गरेको परिसंघले जनाएको छ।

परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो। सोही सर्वेक्षणको दोस्रो संस्करणका रुपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको हो ।

 यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको नदेखिएको परिसंघले जनाएको छ। परिसंघका अन्सुअर समग्र बजार माग खस्किएको देखिएको छ । कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ ।

परिसंघका अनुसार ताजा सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको छ । सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६% ले घटेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा लद्योगहरूको समग्र मागमा कूल ३६.९३% ले संकुचन आएको छ । यसैगरी उद्योगहरूको कारोवार रकम अघिल्लो वर्ष २४.९४% ले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ % ले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो कूल ३०.५४% ले खुम्चिएको परिसंघले जनाएको छ ।
 
सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४% उद्योगी-व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२% उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित नगरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको परिसंघले जनाएको छ। 

परिसंघका अनुसार क्षेत्रगत रुपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाए अनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको लनामा थप ७.३६% ले संकुचन आएको छ । अघिल्लो वर्षको सोहि समयमा यो ४०.१७% ले घटेको थियो आर्थिक वर्ष २०७८/७९ संगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कूल ४४.५७% ले गिरावट एको देखिन्छ । यसैगरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९% ले संकुचन आएकोमा लु आर्थिक वर्षको सोहि अवधिमा थप ९.५४% ले गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को नामा २०८०/८१ मा कारोबार रकममा कूल ४४.८२% ले संकुचन आएको देखिएको छ ।

परिसंघको सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३% सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना त गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमशमा ६२.५०% ले आफ्नो लगानी योजना नगरेको जनाएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved