पूर्वका व्यवसायीको एकै स्वर 'विद्युत बक्यौता विवादको न्यायोचित समाधान हुनुपर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 04:48:45 PM मा प्रकाशित

laxmi  sunrise bank

 उद्योगहरुमा विद्युत लाईन काटिएको सन्दर्भमा पूर्वका उद्योगी व्यवसायीले न्यायोचित समाधान दिन माग गरेका छन् ।  उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशीले संयुक्त विज्ञप्ति जारी गर्दै न्यायोचित समाधानको माग गरेका हुन् । 

लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन नै ठप्प हुनेगरी विद्युत लाईन काटिएको सम्वन्धमा  गम्भिर ध्यानाकर्षण भएको व्यवसायीहरुले जनाएका छन् । डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र प्रभावित उद्योगीहरु बिच हुदै आएको रस्साकस्सी  र आआफ्नो अडानका कारण पेचिलो बनेको यो बिषयलाई न्यायोचित समाधान खोज्न उनीहरुले माग गरेका छन्। 

संघहरुले भनेका छन् 'उद्योगहरुमा विद्युत आपूर्ति  काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला ? उत्पादन ठप्प हुदाँ रोजगारी, राजश्व तथा बैंक व्याज भूक्तानी, बजार श्रृखला लगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कस्ले लिने ? यतिका दिनसम्म औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भइरहदा समेत सरकारले समस्याको गम्भिर्यतालाई आत्मसात गरि न्यायोचित समाधानका लागी अविलम्ब पहल गर्न हुन अनुरोध छ । '

 विद्युत आपूर्ति कटौती गरि उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको विद्युत आपूर्तिलाई अविलम्व सूचारु गरी त्रिपक्षिय सरोकारवालाहरुः नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र नीजि क्षेत्र समेतको समन्वयमा विवादित बिषयलाई न्यायोचित निरुपण गरि नीजि क्षेत्रले समेत न्याय अनुभूति गर्ने गरि तत्काल ठोस कदम चाल्न उनीहरुले नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालाहरुमा माग गरेका छन्।  

विज्ञप्तिमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष पवन सारडाले हस्ताक्षर गरेका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved