निर्यात परिषद्को अध्यक्षमा नरेश लाल श्रेष्ठ निर्विरोध, यस्तो बन्यो कार्यसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 09:37:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्यात परिषद्को अध्यक्षमा नरेश लाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । निर्यात परिषद्को २६औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा महासंघको निर्यात समितिका सभापति पनि हुन् । यसअघि परिषद्को प्रथम उपाध्यक्ष रहेका श्रेष्ठ लामो समयदेखि निर्यात व्यवसायमा सक्रिय छन् ।

परिषद्को पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष डा. रामशरण थपलिया, द्वितीय उपाध्यक्षमा हरि प्रसाद ढकाल, महासचिवमा हरि प्रसाद ढकाल, सचिवमा राजु बाँनिया, कोषाध्यक्षमा कन्हैया लाल शाह र सह–कोषाध्यक्षमा वसन्तराज अधिकारी चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा अृमतमान श्रेष्ठ, हरिशरण भेटवाल, सरस्वती सेँढाई त्रिपाठी, रामकुमार थपलिया र प्रबिन मान प्रधान चयन भएका छन् ।

त्यस्तै, कार्यसमिति बैठकबाट कार्यसमिति सदस्य पदमा २ जना मनोनित हुने विधानको प्रावधान अनुसार प्रेमराज नराल र अमिर बगाले मनोनित भएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved