स्याङ्जा उद्योग वाणिज्य संघको अध्यक्षमा महादेव श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2024 | 01:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको  अध्यक्षमा  महादेव श्रेष्ठ निर्वाचित भएका  छन् । आफ्ना निकटतम  प्रतिद्वन्द्वी हिक्मत श्रेष्ठलाई ८ मतले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्द्वी हिक्मत श्रेष्ठले १ सय ४१ मत प्राप्त गर्दा अध्यक्षमा निर्वाचित महादेव श्रेष्ठले १ सय ४९ मत प्राप्त गरेका थिए।अध्यक्षको दौडमा रहेका राजन प्रसाद घिमिरेले १ सय २ मत प्राप्त गरेका थिए भने नारायण प्रसाद ढकालले जम्मा ६८ मत प्राप्त गरेका थिए।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा भीमकुमार श्रेष्ठ निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी अर्जुन थापालाई २० मतले पराजित गर्न सफल भएका थिए। श्रेष्ठले २ सय ३९ मत प्राप्त गर्दा थापाले २१९ मत मात्रै प्राप्त गरेका थिए। उपाध्यक्षहरुमा शाह खालिद, दिपक कुमार श्रेष्ठ र गंगा प्रधान निर्वाचित भएका छन्। महासचिवमा मोहम्मद सारिफ मियाँ र आशिष लम्साललाई पराजित गर्दै  रविन्द्र केसीले शानदार जित हासिल गरेका छन्। के.सी. ले २ सय ३४ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी आशिष लम्सालले १ सय ९९ र मोहम्मद सारिफ मियाँले जम्मा २४ मत प्राप्त गरेका थिए। सचिवमा निर्वाचित  रामप्रसाद लम्सालले आफ्ना प्रतिद्वन्दी प्रकाश डोटेललाई ८७ मतले पराजित गरेका थिए। कोषाध्यक्षमा लक्ष्मण प्रधानलाई पराजित गर्दै दिपेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन्।

 त्यसैगरी समितिको सदस्यहरुमा हिटलर पौडेल, अमृत लामिछाने, मिनाकुमारी सुवेदी, सुदर्शन रेग्मी, छाँयादत्त सापकोटा, सुर्यप्रसाद शर्मा लामिछाने, कौशिला पौडेल क्षेत्री र राजेन्द्र श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए । ५ सय ८६ सदस्य रहेको वाणिज्य संघमा निर्वाचन हुँदा ४ सय ७५ मत खसेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved