दोषी करार नहुँदासम्म समात्ने काममा आपत्ति हो : विष्णु अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 06:38:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवालले दोषी करार नहुँदासम्म व्यवसायीलाई पक्राउ गर्नु आपत्तिजनक भएको बताएका छन् । बिहिबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि आयोजित आकष्मिक पत्रकार सम्मेलनमा परिसंघका निवर्तमान अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् 

 परिसंघले व्यक्तिगत  मुद्दा नउठाएको प्रष्ट पार्दै उनले जो सुकै व्यक्ति भए पनि मान मर्दन हुने गरि पक्राउ गरिएकोमा आपत्ति रहेको उनले बताए । पहिले नै मान मर्दन गरेर अनुसन्धान गर्नुको कुनै औचित्य नहुने उनले उल्लेख छ । दोषी करार नहुँदासम्म पक्राउ गर्नु गलत रहेको उनको भनाई थियो 

कार्यक्रममा परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु गलत भएको बताए। अध्यक्ष अग्रवालले  व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु न्यायसंगत नहुने बताएका हुन्। उद्योगपति चौधरी देशबाहिर भागेर जाने अवस्था समेत नरहेको अवस्थामा हठात पक्राउ गर्नु गलत रहेको उनले उल्लेख गरे  । बोलाएर सोधपुछ गर्न सकिने अवस्थामा बिना कुनै सूचना पक्राउ गरिएकोले प्रक्रिया मै आपत्ति रहेको उनले बताए । यसले एक प्रतिष्ठित व्यवसायीको मान मर्दन भएको उनले उल्लेख गरे । उनले सूचना दिएर बोलाएर सोधपुछ पछि दोषी देखिए मात्र पक्राउ गर्नु पर्नेमा आफ्नो कुरा राख्ने अवासर नै नदिई सिधै प्रकाउ गर्नु गलत रहेको उनले उल्लेख गरे।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved