'पहिले थुन्ने अनि सुन्ने' होइन, 'पहिल सुन्ने अनि थुन्ने' गर्नु पर्छ : हरिभक्त शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 06:48:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले 'पहिले थुन्ने अनि सुन्ने' काम गलत भएको बताएका छन्। उद्योगपति अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेपछि निजी क्षेत्रका विभिन्न संस्थाले गरेको पत्रकार सम्मेलनमा परिसंघका पूर्व अध्यक्ष शर्माले कानुनी शासन होस् भन्ने आम नेपालीको चाहना रहेको उनले बताए

 'पहिले थुन्ने अनि सुन्ने' भन्दा पनि 'पहिले सुन्ने अनि मात्र आवश्यक परे थुन्ने' गर्नु पर्ने उनले बताए। व्यवसायीको चाहनापनि व्यवसायमा यदि समस्या देखियो भने अनुसन्धान गर्नु पर्ने नै रहेको उल्लेख गर्दै उनले अपराध र व्यवसायको फरक बुझ्न आग्रह गरे मालपोत, भूमिसुधार, वा मन्त्रालय कसले गल्ति गरेको छ त्यहि अनुसन्धान गर्नु पर्ने उनले बताए 

नेपालमा काम गरेर खाने माहोल बनाईदिन पनि उनले सरकारसँग आग्रह गरे । जति व्यवसायीक माहोल बिग्रन्छ त्यति नै दिर्घकालमा लगानीको वातावरण बिग्रने भन्दै उनले व्यवसाय गर्नको लागि दिर्घकालिन लगानीको वातावरण बनाउन आग्रह गरे 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved